Thursday 3 September 2009

नेपाल छैन एउटा कपाल

      
(लेखक आफ्नो परिचय खुलौन चाहनुहुन्न ) 


 न त सियो बन्छ,न किला काँटि
 गफाडिको गफले जनतालाई ढाँटि
 राष्ट्रियताको खोक्रो नारा, ७ साल, ४६ साल,  बैसठ्ठी र त्रिसठ्ठी
 दिल्लीबाटै संचालित नेताहरु सबै बौलठ्ठी
 बिचरा नेपाली अति नै सोझा-साझा, कति चाहिँ हो मा हो मिलाउने खाएका छन् कि गाँजा
 गरीब र अशिक्षित नेपालीको दिमाग भुट्ने
 के गर्न सक्छन् ईण्डियनलाई आफ्नै दाजुभाई कुट्ने
 गफ मिलाउन खप्पीस, गद्दि ताक्छन् सबै
 के के को राजा जान्थ्यो, छोटे राजा सबै
 हिजो खान्थ्यो दरबार र उसको आसेपासे
 आज त २५ पार्टि सबै सत्यानासे
 गाला हेर त कस्ता चिल्ला-चाल्ला
 सासँद भएको एकै बर्षमा ठूलो भुँडि हाल्ला
 जनतालाई काम छैन अनि कहाँ हुनु माम
 करको पैसा, बिदेशी अनुदान सरकारमा बसेपछि हाम
 बन्द र हड्ताल नत्र कार्यकर्ताको के काम
 यस्तै काम गरेर पार्टी सरकारमा जान्छ अनि खान्छन् माम

No comments:

Post a Comment

जागेका जनता